कोशी, कन्काई र सहायक नदीमा बाढीको सम्भावना

आज अपरान्ह प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा वर्षा सँगसँगै यी नदीमा पानीको बहाव बढ्न सक्ने भएकोले सचेत गराइएको छ।

काठमाडौं। कन्काई, कोशी र सहायक नदीमा पानीको बहाव बढ्न सक्ने भएकोले सतर्क रहन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ।

आज अपरान्हपछि प्रदेश १, २ र बागमती प्रदेशका केही स्थानमा पानी पर्ने र भोलि र पर्सि पनि यी प्रदेशका केही स्थानहरूमा हल्का पानी पर्ने सम्भावना रहेको बताइएको छ।

वर्षातको सम्भावनासँगै नदी तटीय क्षेत्रमा सामान्य सतर्कताका साथ रहन सचेत गराइएको छ। 

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्