लकडाउन थप गर्न उच्चस्तरीय समितिको सिफारिस

लकडाउनकै कारणले संक्रमणको जोखिम कम गर्न सकिएको समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेको छ।

आज दिउँसो बसेको समितिको बैठकमा सदस्यहरूले लकडाउनकै कारणले संक्रमणको जोखिम कम गर्न सकिएको भन्दै थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेका हुन्।

उद्यपी, अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले यसका बारेमा आधिकारिक निर्णय गर्नेछ।

आज बसेको उच्चस्तरीय समितिको बैठकले देशैभर रहेका क्वारेन्टाइनको गुणस्तर सुधार्ने निर्णय पनि गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए। 

मादपण्ड नपुगेका क्वारेन्टाइन पनि मापदण्ड पुर्‍याएर व्यवस्थित गरिने छ।

बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ।

सरकारले यसअघि ५ जेठसम्म लकडाउन कायम राख्ने निर्णय गरेको थियो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्