जेठ २० सम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

काठमाडौं- कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकलेजारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद्‍ बैठकले जेठ २० गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो। सोमबारदेखि लकडाउनको अवधि सकिन लाग्दा पुनस् समय थप गरिएको हो।

यस अघि बसेको कोभिड- १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले लकडाउन १५ दिन थपगर्न सरकारलाई सिफारिस गरेको थियो।

आइतबारसम्म लकडाउनको ५५ दिन पुगेको छ। कोरोनाका कारण दुई जनाले ज्यान गुमाएका छन् भने २ सय ९५ संक्रमित भएका छन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जेठ २० गतेसम्म लकडाउन बढाउनुपर्ने प्रस्ताव गरेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्