सीमा क्षेत्रमा दुरबिन निगरानी गरिरहेका सशस्त्र प्रहरीको स्वास्थ्य चेकजाँच

कञ्चनपुर- कोरोना भाईरस-(कोडिभ–१९)रोकथाम तथा भित्रिन नदिन कञ्चनपुर जिल्लाभरी खटिएका सशस्त्र प्रहरीको खटिएकै स्थानमा स्वास्थ्य चेकजाँच शुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालबाट खटिएको सशस्त्र प्रहरी चिकित्सक सहित स्वास्थ्यकर्मीको टोलीले खटिएकै स्थानबाट स्वास्थ्य चेकजाँच गरिएको हो । सशस्त्र प्रंहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बिरसिह शाहुले कोरोनाबाट बाँच्नका लागि प्रारम्भिक चरणमा सबै सशस्त्र प्रहरी बलका कर्मचारीको स्वाथ्य चेकजाँच गरिन लागिएको बताए ।

दुईतिर दक्षिण र पश्चिम भारतसंग १ सय २९. ५ किलोमिटर दुरीमा सीमा जोडिएको कञ्चनपुरमा खटिएका सशस्त्र प्रंहरी बलको स्वास्थका लागि चेकजाँच गरिन लागिएको छ । ‘हाम्रो फौज संगठन हो, सीमा क्षेत्रमा २४ सै घण्टा सशस्त्र प्रहरी बल खटिएको छ, ‘उताबाट यता र यताबाट उता जानेलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नुपर्छ, ‘सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शाहुले भने, ‘ठुलो फौज संगठन जो अहोरात्र जनताको सुरक्षामा खटिएको जहाँबाट पनि संक्रमण फैलिन सक्छ, त्यसैले पहिल्यै कर्मचारीको स्वास्थ्य चेकअप भईरहेको छ ।’

सशस्त्र प्रहरी बलबाट डा. अर्जुन कुमार यादव नेतृत्वको चिकित्सव एव स्वास्थ्यकर्मीको टोलीले कञ्चनपुर जिल्लाभरी खटिएका सशस्त्र पं्रहरीको खटिएकै स्थानबाट चेकजाँच भईरहेको छ । ‘हामी सीमादेखि शहर, गाउँ टोलसम्म खटिएका छौँ, ‘जो जहाँ खटिएको छ, ‘त्यहीबाट चेकजाँच गरेर थप उपचारका लागि रिर्फर गछौँ ।’

अहिलेको विषम परिस्थितिमा २४ सै घण्टा खटिने सशस्त्र प्रहरीको स्वास्थ्य बारे सरकार विभाग चिन्तित भएर शुरुमै आफ्ना कर्मचारीको स्वास्थ्य बारे सजक भएको उनको भनाई थियो ।

स्वास्थ्य नै जिवन हो, भन्ने मान्यताका साथ सशस्त्र प्रहरी बलले सीमासंग जोडिएका आफ्ना सुरक्षाकर्मीको चेकजाँच गरेको कार्यबाट सीमा क्षेत्रमा अहोरात्र खटिएका सशस्त्र प्रहरी खुसी भएका छन् ।

यसैविच सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट अनावश्यक रुपमा भित्रिन नदिन मचान बनाएर वाईनाक्लोरबाट उच्च निगरानी समेत बढाएको छ । भारतबाट धमाधम लुकिछिपी नेपाल छिर्न थालेपछि सशस्त्र प्रहरीले टाढासम्म अवलोकन गर्नका लागि वाईनाक्लोर दुरबिन विधि अघि सारेको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्