सुदूरपश्चिममा कोरोना शंकास्पद १४७ जना अस्पतालबाट डिस्चार्ज, १८ जना भर्ना

कञ्चनपुर- प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय ४७ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ५१ जना, डडेल्धुरा अस्पतालबाट २०, बयलपाटा अस्पताल अछामबाट १७ जना र जिल्ला अस्पताल अछामबाट १४ जना डिस्चार्ज भएका छन् ।

यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटीबाट ६, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५र५, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल बझाङ र भजनी स्वास्थ्य केन्द्राबाट ४र४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २र२, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट एकरएक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ।

अहिलेसम्म सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भईसकेको छ। निर्देशनालयका अनुसार कोरोना आशंकामा अहिले प्रदेशभरी १८ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ।

सेती प्रादेशिक अस्पतालमा ५, जिल्ला अस्पताल बझाङमा ८, जिल्ला अस्पताल बाजुरामा तीन, जिल्ला अस्पताल डोटी र बैतडीमा एक÷एक जनालाई आईसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशभरी कोरोनाका गम्भिर बिरामी भेटिए १४ शैयाको आईसियु र ८ वटा भेन्टिलेटरको समेत व्यवस्थापन गरिएको छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्