कालापानी-लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्न दार्चुलाका विद्यार्थी संगठनको माग

भारतले नेपाली भूमि अतिक्रमण गरेर सेना राखेको स्थान कालापानीदेखि लिम्पियाधुरासम्मको भूमि समेट्ने हिसाबले नयाँ नक्सा सार्वजनिक गर्न दार्चुलाका विद्यार्थी संगठनले माग अघि सारेका छन् ।

सोमबार दार्चुलाका तीन विद्यार्थी संगठनले एक प्रेस विज्ञप्ती जारी गर्दै कालापानीदेखि लिपुलेकसम्मको नेपाली भूमि समेटेर यथाशिघ्र नयाँ नक्सा सार्वजनिक गर्न माग गरेको हुन् । समाजवादी विद्यार्थी यूनियन, अखिल क्रान्तिकारी र नेवि संघले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तत्तकाल नयाँ नक्सा सार्वजनिक गरि दार्चुला तिंकर सडक, घोरेटो र कैलाल मानसरोबरसम्म्को पर्यटकिय मार्गको कार्य समेत यथाशिघ्र शुरु गर्न माग गरेका छन् ।

सीमा सुरक्षाका लागि प्रर्याप्त सुरक्षाकर्मी सीमा क्षेत्रमा खटाउन समेत सरकारको ध्यानाकर्षण गराएका छन् । समाजवादी विद्यार्थी यूनियनका केन्द्रीय सदस्य गोबिन्द विष्ट, अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र शर्मा र नेवि संघका अध्यक्ष रमेश भट्टले हस्ताक्षर गरेको विज्ञप्तीमा सीमा सुरक्ष ागर्ने विषयमा सरकार गम्भिर भई तदारुकता नदेखाएर सरकार बिरुद्ध आन्दोलनको चेतावनी दिएका छ्न ।

सन १९६२मा भारत र चीनमा युद्ध हुँदा भारतले नेपाली भूमि कालापानीमा शैनिक क्याम्प राखेको थियो । भने सन १८१६मा नेपाल भारत विच भएको सुगौली सन्धीको धारा ५ अनुसार महाकालीको उद्गम स्थल लिम्पियाधुरादेखि पुर्वतर्फको भाग नेपाली भूमि मानिने उल्लेखका साथै कापापानिदेखि उत्तरका नावि, गुञ्जि लगायतका बस्तीमा विस २०१८सालमा जनगणना समेत गरिदा भारतले विस्तारवादको नीति अनुरुप छिमेकीको भूमि हड्प्ने मनसायले दार्चुलादेखि कैलाशमानसरोबरसम्म नेपाली भूमि भएर सडक निर्माण गरेपछि देशव्यापी मात्र नभई विदेशमा समेत भारतको बिरोध भईरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्