लायन्स क्लबद्धारा कञ्चनपुर र कैलालीका अपाङ्गता भएको व्यक्तिलाई स्वास्थ्य सामाग्री सहयोग


कञ्चनपुर- लायन्स क्लब ईन्टरनेसनल ३५२ बी २ नेपालले देशभरीमा गर्दै आएको सहयोग कार्यक्रम अन्र्तगत कञ्चनपुर र कैलालीका अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशको समन्वयमा अपाङ्गता भएका व्यक्तिलाई कोरोनाबाट बच्नका लागि लायन्स क्लबले स्वास्थ्य समाग्रीहरु सहयोग गरेको हो ।
लायन्स क्लब लायन्स क्लब ३५२ बी २ नेपालका सल्लाहकार एमजेएफ लायन डा. भोजराज पन्तले नोबेल कोरोना भाईरसको संक्रमणलाई लक्षीत गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए ।


उनका अनुसार देशभरीमा राहात तथा स्वास्थ्य सामाग्री वितरण गरिरहेको लायन्स क्लबले कैलाली र कञ्चनपुरमा एक लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
सोमबार लायन्स क्लबको सहयोग र अपाङ्ग महासंघको समन्वयमा भीमदत्त नगरपालिका मार्फत अपाङ्गता भएका १३ जनालाई सुरक्षा समाग्री दिएको छ । नगरपालिकाको परिषरमा पुगेर लायन्स क्लबका सल्लाहकार डा. पन्त, लयाकृष्ण जोशी लगायत लायन्स क्लब आवद्ध व्यत्तित्वले सहयोग हस्तान्तरण गरे ।
राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायत सहितको टोलीले राहत स्वरुपको विभिन्न स्वास्थ्य सामग्री भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द (सिह)लाई हस्तान्तरण गरिएको थियो ।


राहत स्वरुप भीमदत्त नगर भित्रका १२ जना र वेदकोट नगरपालिकाका १ जनालाई हेण्ड सेनिटाईजर, मास्क, ग्लोब्स, युरिन थैली लगायतका अत्यावश्यक समाग्रीहरु हस्तान्तरण गरिएका हुन् ।
मेरुदण्ड र पक्षघातका अपाङ्गता भएका व्यक्तिलाई समेत आवश्यक सुरक्षा समाग्रीहरु सहयोग गरिएको राष्ट्रिय अपाङ्ग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष उपेन्द्र बहादुर खडायतले बताए ।
राहत सामग्री सामग्री बुझ्दै भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द (सिह)ले लायन्स क्लब र राष्ट्रिय अपाङ्ग महासंघलाई विशेष धन्यवाद दिएकी छिन् ।
राष्ट्रिय अपाङ्ग महासंघको समन्वय र लायनस क्लबको सहयोगमा कैलाली र कञ्चनपुरका करिब २६ जना अपाङ्गहरुलाई राहत स्वरुपको स्वास्थ्य सामग्री सहयोग गरिएको राष्ट्रिय अपाङ्ग महासंघका सुदूरपश्चि प्रदेश अध्यक्ष उपेन्द बहादुर खडायतले बताए ।

उनका अनुसार , कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ जना, कैलालीको धनगढी उपमहानगरपालिकामा ५ जना, गोदावरी नगरपालिकामा ७ जना, गौरी गंगा नगरपालिकामा १ जना गरेर २६ जनालाई स्वास्थ्य सुरक्षा समग्री वितरण गरिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्