स्थापना भएको ५७ वर्षपछि महाकाली अस्पतालले सञ्चालन ग-यो आफ्नै फार्मेसी सेवा

कञ्चनपुर- सुदूरपश्चिम प्रदेश कञ्चनपुरको महाकाली अस्पतालमा फार्मेसी स्थापना गरिएको छ । साढे पाँच दशकमा महाकाली अस्पतालमा आफ्नै फार्मेसी स्थापना गरिएको हो ।

वि.स. २०२० सालमा प्राथमिक स्वाथ्य केन्द्र, ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१सालमा सयबेडको विस्तार र ०७५मा प्रादेशिक अस्पतालका रुपमा स्तरबृद्धि गरिएको छ । अस्पताल स्थापना भएको साढे पाँचक दशक पछि अर्थात ५७ बर्षमा अस्पतालको आफ्नै फार्मेसी भएको छ ।
मंगलबार जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले फार्मेसीको उद्घाटन गर्दै विपन्न नागरिकलाई सहज हुने बताए । हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने सरकारको निर्णय अनुरुप महाकालीले पनि चालु आर्थिक बर्षदेखि आफ्नै फार्मेसी स्थापना गरेको हो ।


महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्टले अस्पताल स्थापना भएको ईतिहासमै पहिलो पटक आफ्नै फार्मेसी स्थापना गरिएको बताए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले अस्पताल परिसरमै फार्मेसी स्थापना भएपछि विपन्न एव गरिब समुदायका बिरामीलाई ठुलो राहत हुने बताए ।
२५ लाख बराबरको आधारभूत औषधी राखेर स्थापना गरिएको फार्मेसीमा विस्तारै थप औषधी थप्दै जाने अध्यक्ष जोशीले बताए । ‘हामीसंग तत्तकाल आधारभूत सबै प्रकारका औषध छन, ‘उनले भने, ‘थप औषधी समेत विस्तार गछौँ ।’


अस्पताल परिसर भित्र रहेको साझालाई बाह्य व्यवस्थापनका लागि पत्राचार गरिएको बताउँदै अध्यक्ष जोशीले आफ्नै फार्मेसी भएपछि गरिब एव विपन्न समुदायका बिरामीलाई ठुलो राहत पुग्ने बताए ।

दुई फार्मेसी र एक सहयोगी तीन जनशक्ति रहेको फार्मेसीमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ । अस्पताल सुधारोन्मुख भईरहेका बेला फार्मेसी समेत स्थापना भएपछि स्थानीयले अस्पतालको काम सकारात्मक भएको टिप्पणी गरेका छन् ।

उद्घाटन कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुर खतिवडा, प्रहरी प्रमुख मुकुन्द मरासीनी, अस्पताल व्यवस्थापन समितिका सदस्य त्रय कौसिल्या ओझा,किरण भट्ट, हरिलाल चौधरी, अस्पतालका चिकित्सक एव स्वाथ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्