विदेशमा अलपत्र नेपालीलाई फिर्ता ल्याउन गृहकार्य सुरु


काठमाण्डौ- कोरोना भाइरस (कोभिड(१९)का कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ

कोरोना भाइरस (कोभिड(१९) नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा अलपत्र परेका र स्वदेश फर्किन चाहने नेपालीलाई फिर्ता ल्याउने सम्बन्धमा मोडालिटी तयार गर्न छलफल सुरु गरेको हो ।

विदेशमा अलपत्र परेका नेपालीहरु र क्वरेन्टीनको मापदण्डका विषयमा छलफल गरी कार्ययोजना तयार गर्न मंगलबार समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै समितिका सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले भारत तथा तेस्रो देशमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा कार्ययोजना तयार गर्ने विषयमा छलफल भएको बताउनुभयो ।

समितिको बैठकमा सातवटै प्रदेशसँग समन्वय गर्ने संघीय मन्त्रीहरुलगायतको विचार आइसकेकाले व्यवस्थित तरिकाले कसरी ल्याउन सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न लागिएको बताउनुभयो ।

उहाँले विदेशबाट ल्याउने कामलाई व्यवस्थित गर्दै संक्रमण फौलिन नदिने गरी क्रमशस् ल्याउने ढंगको योजना ल्याउने तयारीको चरणमा रहेकोसमेत बताउनुभयो । समितिको बैठकमा प्रदेश र पालिकामा बनेका क्वरेन्टीनहरुलाई तोकिएको मापदण्डअनुसार व्यवस्थित गर्ने विषयमासमेत छलफल भएको सचिव विडारीले बताउनुभयो ।

करेन्टीनमा बस्नेहरुको बन्दोबस्तीको व्यवस्था, खानपिनको व्यवस्थामा संघीय सरकारको आर्थिक सहयोग हुने र सम्बन्धित पालिकाले जिम्मा लिने गरी व्यवस्थापन गर्ने किसिमको कार्ययोजना आउने छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्