नेकपा बेदकोटद्धारा नगरपालिकालाई आर्थिक सहयोग

कञ्चनपुर- मानव जिवनमाथि चुनौतिका रुपमा देखिएको कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले देशभर लकडाउन गरेको छ । प्रदेश सरकार अलमलमा छ, स्थानीय सरकार प्रत्यक्ष कोरो रोकथाम र लकडाउनमा समस्यामा परेका नागरिकको पीडा बुझ्दै अघि बढिरहेको छ ।

कोरोना भाईरस रोकथाम एव नियन्त्रणका लागि बेदकोट नगरपालिकाले स्थापना गरेको राहत व्यवस्थापन कोषमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बेदकोट नगर कमिटिले समेत नगद सहयोग गरेको छ ।

यस अघि भौतिक रुपमा नेकपाका नेताहरु आफै खटिएका थिए । भने अहिले कोरोना रोकथामका लागि बेदकोट नगर कमिटिले नगरपालिकालाई नगद सहयोग गरेको छ ।

मंगलबार नेकपा बेदकोट नगर कमिटिले बेदकोट नगरपालिकालाई नगद २५ हजार ५ सय रुपैया सहयोग गरेको छ । नेकपा बेदकोट नगर अध्यक्ष लाल बहादुर परियारले बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा नेकपा बेदकोट इन्चार्ज रामचन्द्र रेग्मी, सह इन्चार्ज मान बहादुर राना, नेकपा बेदकोट महिला नेतृ सीमा जैसी बेदकोट नगरपालिका ८का वडाध्यक्ष दुर्गा भण्डारी लगायत नेकपा बेदकोटका जनप्रतिनिधी एव नेताहरु सहभागि रहेका थिए ।

चेक हस्तान्तरण पश्चात यस अनलाईसंग कुराकानी गर्दै नेकपा बेदकोट नगर अध्यक्ष लाल बहादुर परियारले कोरोना भाईरस निर्मूल पार्न हातेमालो गरेको बताए ।

उनले यो हामीले सहयोग गरेको आर्थिक सहयोग सानै भएपनि हातेमालो र कोरोना जित्ने अभियान मात्रै भएको बताए । यस अघि पनि नेकपा बेदकोटका नेताहरु स्थानीय सरकारसंगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि खटिएका उनले बताए ।

उनले कोरोना बिरुद्धको अभियानमा नेकपा बेदकोट जस्तोसुकै परिस्स्थितिमा पनि सहयोगी बन्ने प्रतिबद्धता जाहेर गरे ।

सम्पूर्ण सहयोगी हातहरुप्रति बेदकोट नगर प्रमुख चन्दले आभार प्रकट गर्दै कोरोना रोकथाम एव संक्रमण फैलिन नदिन नैतिक, भौतिक अभौतिक एव समाजिक दुरी कायम गरेर बस्ने सम्पूर्ण नगरबासीप्रति कृतज्ञता प्रकट गर्दै आएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्