उपत्यकासहित विभिन्न ठाउँमा थप २७ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४०२ पुग्यो

उपत्यकासहित विभिन्न ठाउँमा थप २७ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४०२ पुग्यो
मंगलबार कोरोनाभाइरसका थप २७ जना संक्रमित भेटिएका छन् । उपत्यका भित्रका तीनै जिल्ला र बाहिरका विभिन्न जिल्लामा गरी २७ जना संक्रमित भेटिएका हुन्।

मंगलबार काठमाडौंमा ३ जना, भक्तपुर र ललितपुरमा १र१ जना गरी उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् भने बाँकी संक्रमित बाहिर जिल्लाका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो।

त्यस्तै संक्रमित भेटिएकाहरू झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना छन्। आज थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्।

योसँगै नेपालका ३६ जिल्लामा फैलिएको कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ भने २ जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्