विदेशमा अलपत्र नागरिक ल्याउन सुदूरपश्चिम प्रदेशका ‘फोकल पर्सन’ तोकिए मन्त्री: लेखराज भट्ट


काठमाडौं- सरकारले वैदेशिक रोजागारीका सिलसिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेकाहरूलाई स्वदेश फर्काउने भएको छ।

विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्य्विधि बनाउने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको उच्चस्तरीय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरूको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो।

सरकारले विदेशबाट फर्किनेहरूको व्यववस्थापन गर्न सातै प्रदेशमा एक÷एकजना संघीय सरकारका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकेको छ। संघीय सरकारले सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टलाई ‘फोकल पर्सन’ छ।

सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्य्विधि बनाएर मन्त्रिपरिषद् बैठकमा पेश गरिनेछ।

भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्य्िवधि बनाइने छ।

स्वदेश फिर्तीसम्बन्धी कार्ययोजना र कार्य्विधि मन्त्रिपरिषद्बाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने छ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्