सरकारले सार्वजनिक गर्‍यो लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा


काठमाडौं । सरकारले भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा बुधवार सार्वजनिक गरेको छ । यही जेठ ४ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो ।

उक्त मन्त्रालयमा आयोजित कार्यक्रममा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले पत्रकार सम्मेलन गरी नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

उक्त नयाँ नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ । सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ ।

सरकारले अवको दिन पछि नयाँ नक्सालाई समावेश गर्ने गरी संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरेको छ ।

नयाँ नक्सामा अन्तरराष्ट्रिय सिमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने उक्त नक्सामा संघीयताअनुरुप प्रदेश र स्थानीय तह पनि समेटिएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्