सीमामा अलपत्र नागरिकको उद्धारका लागि वेदकोट नगरपालिका गाडी पठायो


कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले आफ्ना नगरवासीको उद्धारका लागी सवारी साधन पठाएको जनाएको छ । नगरपालिकाले सीमामा अलपत्र परेका नागरिकको उद्धारका लागि नेपाल भारत सीमा नाकासम्म सवारी साधन पठाएको जनाएको छ ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले सीमा नागरिक अलपत्र परेको गुनासो आएपछि उद्धारका लागि सवारी साधन पठाएको बताए । उनका अनुसार नगरपालिकाले कैलालीको गौरीफन्टा र खटिमा क्वारेन्टाईनमा रहेकाको उद्धारका लागि जमुनाघाडीसम्म सवारी साधन पठाईएको छ ।

भारतको विभिन्न स्थानबाट आएका सयौँ नेपाली सीमा नाकामा अलपत्र अवस्थामा रहेका छन् । उद्धारपछि उनिहरुलाई नगरपालिकाले क्वारेन्टाईनमा राख्ने जनाएको छ । साथै आवश्यक उद्धार कार्य तथा व्यवस्थापनका लागि प्रशासन र सशस्त्र प्रहरीसँग समन्वय गरिएको नगर प्रमुख चन्दको भनाई छ ।


सीमामा अलपत्र परेका १ सय ९५ जनाको उद्धार


कञ्चनपुरसंग जोडिएको सीमावर्ती भारतीय क्षेत्र खटिमामा अलपत्र परेका १ सय ९५ जनाको जेठ ६ गते राती उद्धार गरिएको छ । भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको संयुक्त पहलमा जेठ ६ गते राती महाकाली नगरपालिकाबाट उनीहरूलाई नेपाल प्रवेश गराइएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले जनाएको छ ।
रोजगारीका लागी भारतका बिभिन्न शहरमा रहेका उनीहरु सीमावर्ती बजार खटिमा हुदै माहाकाली नगरपालिकामा आइपुगेका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन नेपाल र भारत दुवैतर्फ लकडाउन भए पछि उनिहरु सीमामै अलपत्र परेका थिए ।

भारतमा पछिल्लो समय लकडाउन खुकुलो भए पछि भारतको विभिन्न ठाउँमा कामका लागि पुगेका नेपाली धमाधम सीमा पुगेका छन ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा भीमदत्त नगरपालिकाले सीमामा अलपत्र १ सय ९५ जना नेपाली नागरिकलाई उद्धार गरेर भीमदत्तनगरपालिका –४ महेन्द्रनगर स्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिको जनाएको छ ।


उनीहरुलाई सम्बन्धि स्थानिय तह संग समन्वय गरी उनीहरुको ठाउँ पठाइने भीमदत्त नगरपालिकाले जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा बढी मुगु जिल्लाका ४४ जना रहेका छन । त्यस्तै दैलेखेका १८ जना रहेका छन ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्