भारतमा अलपत्र मजदुरको तत्काल उद्धार गर्न राप्रपाका अध्यक्ष थापाका माग

कोरोनाका कारण भारतमा अलपत्र परेका सम्पूर्ण नेपाली नागरिकको उद्दार गर्नुपर्ने राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालको युवक संगठनले माग अघि सारेको छ । राप्रपा युवक संगठन कञ्चनपुरले कोरोनाको महामारीका बेला भारतमा अलपपत्र परेका नेपालीको यथाशिघ्र उद्दार गर्नुपर्ने माग अघि सारेको हो ।
राप्रपा युवक संगठन कञ्चनपुरका अध्यक्ष तुल बहादुर थापाले महामारीका बेला आफ्ना नागरिकको उद्दार गरि सुरक्षित क्वारेन्टाईनमा राख्नुपर्ने बताए ।

अध्यक्ष थापाले नाका नखुल्दा वा दुवै देशका सरकारले आ–आफ्ना देशका नागरिकको उद्दारका लागि कुनै पहल नगर्दा भारतबाट धमाधम नेपाली लुकिछिपी घर आउन बाध्य भएकाले त्यसबाट समेत झन संक्रमण फैलिने खतरा रहेको औल्याए ।

अध्यक्ष थापाले भारतमा कोरोनाको संक्रमण भएकाले भारतबाट लुकिछिपी भन्दा खुला रुपमा वैधानिक नाका भएर उद्दार गरेर क्वारेन्टाईन गर्दै सुरक्षित घरसम्म पु¥याउनुपर्ने तीनै सरकारसंग माग गरे । ‘आफ्नै मातृभूमि आउन पनि लुकिछिपी आउनुपर्ने बाध्यता छ, ‘उनले भने, ‘यसबाट सुरक्षित भन्दा बढि असुरक्षित हुन्छन् ।

विचल्लीमा परेका नागरिकको भारतमै उद्दार गर्न नसकेपनि नेपाल ल्याउनुपर्ने बताए । भारतमा भोकभोकै मर्नुपर्ने अवस्था आएकाले यथाशिघ्र उनीहरुलाई नेपाल ल्याउनुपर्ने उनको जोडदार माग छ ।

‘हामी अब चुप लागेर बस्दैनौँ, ‘उनले भने, ‘भारतमा विचल्लीमा परेका नागरिकको उद्दार नभए आन्दोलन गछौँ ।’ नागरिकलाई स सम्मान उद्दार गरेर उनीहरुलाई सुरक्षित अवतरण गर्नुपर्ने उनको भनाई छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्