सीमाबारे नेपालको पक्षमा बोल्दा मनिषाविरुद्ध खनिए उत्रिए भारतीय मिडिया

काठमाडौँ- अभिनेत्री मनिषा कोइरालाले नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे प्रतिक्रिया दिँदा भारतीय मिडिया तरंगित बनेका छन् ।

मनिषाले नेपाल सरकारको समर्थनमा त्रीपक्षीय संवादको कुरा उठाएकी थिइन् । तत्कालै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिएका छन् ।

टेलिभिजन ‘एबिपी’ च्यानलले त मनिषालाई ‘भारतको खान्छौ, चीनको गीत गाउँछौ ?’ शिर्षकमा एक बहसमुलक कार्यक्रम नै तयार पारेको छ । जहाँ मनिषाले रोजीरोटीका लागि भारतमा निर्भर रहेको तर अहिले आएर नेपालको साथ दिएको भन्दै उनका व्यक्तिगत मानिलामाथि टिप्पणी गरिएको छ ।

एबिपीले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतकै भूमिको रुपमा दावी समेत गर्दैआएको छ । यसवाहेक प्रधानमन्त्री केपी ओलीको प्रतिक्रियालाई लिएर उक्त च्यानलले चीनको ‘इशारामा काम गरेको’ भन्दै आरोप लगाएको थियो ।

मनिषाले ट्वीटर मार्फत सीमा विवाद बारे दिएको अभिव्यक्तिमा ‘जी न्युज’ ले पनि कडा टिप्पणी गरेको छ । मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका छन् ।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका छन् । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन् । यसवाहेक मनिषाको अभिव्यक्तिलाई लिएर भारतमा सामाजिक सञ्जालमा समेत व्यक्तिगत मामलाबारे नै टिप्पणी हुन थालेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्