वेदकोट नगरपालिकाद्धारा सीमामा अलपत्र नागरिकको उद्धार


महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले नेपालभारत सीमा अलपत्र अवस्थामा रहेका आफ्ना नगरवासीको उद्धार गरेको छ ।


नगर प्रवक्ता नरेश बहादुर सिंहले कैलाली र कञचनपुरको भारतसँग जोडीएको सीमा क्षेत्रबाट बुधबार राति उनिहरुको उद्धार गरिएको हो ।

उनका अनुसार नगरपालिकाका ३३ जना गोरिफान्टा नाका र ५ जनालाई माहाकाली नगर पालिकाबाट उद्धार गरिएको हो ।

साथै उद्धारपछि उनिहरुलाई नगरपालिकास्थित क्वारेन्टाईनमा राखिएको छ ।

नगरपालिकाले भारतको विभिन्न ठाँउबाट आएर सिमामा अलपत्र परेका नगरवासिको उद्धारका लागि सवारी साधन पठाएको थियो ।


नगरपालिकाले सीमामा अलपत्र परेका नागरिकको उद्धारका लागि नेपाल भारत सीमा नाकासम्म सवारी साधन पठाएको हो ।

त्यस्तै वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले सीमा नागरिक अलपत्र परेको गुनासो आएपछि उद्धारका लागि सवारी साधन पठाएको बताए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्