गुमनाम स्वर किन्नरीको विरहीगाथा

विष्णु माझीको स्वरमा सजिएको यो गीत युट्युबबाट अहिलेसम्म साढे ५ करोडले हेरिसकेका छन् । लालुमाईमा उनै विष्णु माझी र सन्दीप न्यौपानेको स्वर छ । सो गीतलाई युट्युबमा खोज्नेको संख्या २ करोड ६५ लाखभन्दा बढी देखिन्छ । छिपछिपे पानीमा लेऊ बोलको गीतमा समेत उनै विष्णुको स्वर छ ।

यो गीतलाई झण्डै ७८ लाखले हेरिसकेका छन् । वसन्त थापा र विष्णु माझीको स्वर रहेको बोकेझारलाई झण्डै ७८ लाख हाराहारीले हेरेका छन् । हेमन्त शर्मा र विष्णुको स्वर रहेको मन मा¥यो बनमाराले बोलको गीत युट्युबमा साढे ३४ लाखले हेरेको देखिन्छ ।

पछिल्लो पटक मात्र बजारमा ल्याइएको गैरीखेतमै गीतमा उनै विष्णु र रोशन गैरेको स्वर छ । जसलाई १५ लाखले हेरिसकेका छन् । अब प्रश्न उठ्छ, करोडौं नेपालीकी प्रिय लोकदोहोरी गायिका विष्णु माझी कहाँ गुमनाम छिन् ? किन देखिन्नन् ? कतै सार्वजनिक कार्यक्रममा ? विष्णुको स्वर नसुन्ने त विरलै होलान् तर उनको भूमिगत जिन्दगीबारे कमैलाई थाहा हुन सक्छ ।

देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देशरविदेशको कन्सर्टमै देखा पर्छिन् । यो हविगत कसले बनायो ? झण्डै साढे ५ हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी विष्णुको जीवन गुमनाम कसले बनाइरहेछ ? उनको साढे ५ हजारभन्दा बढी गीत भेटिने ठाउँमा किन एउटै मात्र फोटो प्रयोग भइरहेको छ ?

सांगीतिक क्षेत्रका लागि उर्वर भूमि स्याङ्जामा जन्मिएकी हुन् विष्णु । त्यही ठाउँमा जन्मिएका चर्चित गायक छन् बद्री पंगेनी, एकनारायण भण्डारी, भगवान् भण्डारी, रामजी खाँडलगायत । सांगीतिक फाँटमा चलिरहेको चर्चाअनुसार विष्णुलाई आफ्नै श्रीमान् सुन्दरमणि अधिकारीले बन्धकजस्तै बनाएका छन् । उनीसँग निर्णयको केही अधिकार छैन । सबै ठाउँमा सुन्दरमणि हाबी भइदिन्छन् ।

जस्तो दुई साताअघि मात्र यस्तै दृश्य देखा प¥यो । जब याम थापाले फोन घुमाए । गीतमा विष्णुको स्वर राख्न चाहेको तर सुन्दरमणिले विष्णुको पारिश्रमिक बढेको र दुई लाख पुगेको जवाफ फर्काए । यसअघि एउटा गीतमा स्वर दिएबापत डेढ लाख पारिश्रमिक बुझ्दै आएका सुन्दरमणिले एकै पटक ५० हजार बढाएपछि याम हच्किए र देवी घर्तीलाई रोजे ।

उनी स्टुडियोमा आउँदासमेत आफ्ना समकालीनहरूसँग बोल्न पाउँँदिनन् । दुई तीन घण्टा स्टुडियोमा रहँदा बाहिर सुन्दमरणि कुरिरहन्छन् र गीत गाइसकेपछि पारिश्रमिक बुझेर हिँड्ने गरेको उनीसँग गीत गाउने गायक तथा संगीतकार सुनाउँछन् ।

अर्थात् उनको जीवनमा स्वतन्त्रता भन्ने वस्तु नै खोसिएको छ । यस्तो लाग्छ, सास फेर्नसमेत विष्णुले सुन्दरमणिसँग अनुमति माग्नुपर्छ । यद्यपि, केही महिनाअघि स्याङ्जा जिल्ला प्रशासन कार्यालयमा पति सुन्दरमणिसँगै पुगेकी विष्णुले आफैंै बाहिर निस्कन नचाहेको जवाफ दिएकी थिइन् । जन आस्था

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्