धरान १३ को शिवधारा क्षेत्र ’सिल’, तीन महिनाअघि दिल्लीबाट आइएकी थिइन् कोरोना संक्रमित

धरान- धरानकी ५१ वर्षीया महिलामा कोभिड-१९ कोरोना भाइरसको संक्रमण देखिएपछि धरान(१३ स्थित शिवधारा क्षेत्र सिल गरिएको छ । कोरोना भाइरसको संक्रमण अन्यत्र फैलन नदिनका लागि धरान(धनकुटा लोकमार्गमा पर्ने शिवधारा क्षेत्र सिल गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा ती महिलाको स्वाव परिक्षण गर्दा कोराना पोजिटिभ आएको सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् । श्रीमानलाई उपचार गर्न प्रतिष्ठानको ओपीडी शाखामा गएकी संक्रमित महिलाको बुधबार स्वाबको नमूना संकलन लिइएको थियो।

संक्रमित महिलालाई उपचारका लागि प्रतिष्ठानको आइसोसेलन वार्डमा भर्ना गरिएको छ। संक्रमित महिलाका श्रीमानको भने कोरोना भाइरस नतिजा नेगेटिभ आएको छ । संक्रमित महिला धरान १५ स्थित एक निजी विद्यालयकी प्रिन्सिपल हुन् ।

संक्रमित महिला तीन महिना अगाडि श्रीमानको उपचारका लागि दिल्ली गएको पत्ता लागेको डिएसपी न्यौपानेले बताए। संक्रमित महिलाको नियमित भेटघाट भने आफ्नै घरमा भाडामा बस्ने महिला, बच्चा, आमाजु दिदीको घर र चोकमा सब्जी किन्न जाने गरेको पाइएको उनले बताए ।

संक्रमित महिलाको बयानका आधारमा उनको नियमित संपर्कमा आएकाको पहिचान गरी उनीहरुको समेत स्वाब परीक्षण गर्न प्रहरी र जनप्रतिनिधिको टोली परिचालन गरिएको छ । संक्रमित महिलासँग नियमित सम्पर्कमा आउने सबैको खोजी सुरु गरिएको धरान १३ का वडा अध्यक्ष नेत्र काफ्लेले बताए ।

सुनसरी र खोटाङमा दुई संक्रमित भेटिए

सुनसरी र खोटाङ जिल्लाका एक÷एक जनामा कोराना भाइरसको संक्रमण देखापरेको छ । सुनसरीको गडी गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक÷एक जनामा कोराना संक्रमण देखापरेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक प्रबक्ता डा. अशोक ऐरले बताए।

कोराना भाइरसको संक्रमणको आशंकामा दुबैको स्वाब परीक्षणका लागि प्रतिष्ठान ल्याइएको थियो । दुबैको स्वाबको रिपोर्ट पोजिटिभ देखिएको सशायक प्रवक्ता ऐरले जानकारी दिएका छन् ।कोरोना संक्रमित धनकुटाकी स्टाफ नर्सले उपचार गरेकी धनकुटाकै एक सुत्केरी महिलाको स्वाबको परीक्षण रिपोर्ट भने नेगेटिभ देखिएको छ ।

प्रतिष्ठानको प्रसूति वार्डमा उपचार गराई रहेकी ती महिलालाई संक्रमित नर्सले उपचार गरी धरान रेफर गरेको खुलासा भएपछी प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना गरी प्रसूति वार्ड सिल गरिएको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्