बारामा भारतबाट फर्केका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण

बारा- भारतको आदापुरबाट नेपाल आएका बाराका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । आदापुरस्थित क्वारेन्टाइनमा बसेर नेपाल आएका पचरौता नगरपालिका १ पिपरपातीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

रोजगारीका लागि भारत पुगेका उनको आदापुरस्थित क्वारेन्टाइनमा रहेका बेला स्वाब परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट नआउँदै उनी जेठ ५ गते आदापुरबाट नेपाल आएका थिए ।

पिपरपातीस्थित नाकाबाट नेपाल प्रवेश गर्न खोजेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय क्वारेन्टाइनमा राखेको थियो । पचरौता नगरपालिका पिपरपातीस्थित क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी आदापुरबाट आएपछि उनलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी गरिएको छ ।

बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले आदापुरबाट स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी आएपछि उनलाई कलैया ल्याउने तयारी गरिएको बताए । पुरुषलाई कोरोना संक्रमण देखिएको भन्दै खबर आएपछि उनलाई कलैया ल्याउन लागिएको छ, मिश्रले भने, ’कलैया ल्याएर आइसोलेसनमा राखेर पुनः पीसीआर परीक्षण गर्छौं।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्