सुदूरपश्चिमा सर्वसाधारणका नमूना थन्क्याएर मन्त्री र सांसदको कोरोना परीक्षण गरिदैँ

धनगढी- धनगढी प्रयोगशालामा सुदूरपश्चिमका मन्त्री, सांसद तथा कर्मचारीहरुको नमूनाको चाप बढेको छ। आउँदो जेठ १३ गते बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्ने भएपछि मन्त्री, सांसद र कर्मचारीहरुले पीसीआर विधीबाट कोरोना भाईरस परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गराएका थिए।

उनीहरुले प्रयोगशालामाथि दबाब बढाएपछि सर्वसाधारण र भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किएका सर्वधारणको नमूना ल्याबमा थन्कीएको छ। धनगढी प्रयोगशालामा पीसीआर विधीबाट परीक्षणका लागि संकलित पाँच सय १९ जनाको नमूना मध्ये दुई सय ६० भन्दा बढि नमूना प्रदेशका मन्त्री, सांसद, कर्मचारी, पत्रकार एवंम् सुरक्षाकर्मीको रहेका छन्।

उनीहरु मध्ये आईतबार सम्म एक सय ८ जनाको परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले एक सय ८ जनाको रिर्पोट नेगेटिभ आएपनि अन्यको परीक्षणकै क्रममा रहेको जानकारी दिए।

प्रयोगशालामा मन्त्री र सांसदबाट आएको दबाबका कारण सर्वसाधारणको नमूना थन्कीएको छ। प्रदेशमा कोरोना भाईरस रोकथाम, जोखिम न्यूनीकरण र नियन्त्रणमा भूमिका नखेलेको भन्दै प्रदेश सरकारको आलोचना भईरहेका बेला संघिय सरकारले पठाएका किटबाट मुख्यमन्त्री, मन्त्री र सांसदहरुको कोरोना परीक्षण गरिरहेका हुन्।

प्रदेश सरकारले भने खरिद गर्ने अधिकार भएपनि अहिले सम्म कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटको व्यवस्थापन गर्न सकेको र्छैन्। भारतबाट फर्किरहेका हजारौँ प्रदेशबासीलाई किट अभावको कारण देखाउँदै परीक्षण बिना सम्बन्धीत स्थानीय तह पठाईरहेको छ। -दिनेश खबर

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्