सडक नहुदाँ समस्यामा सम्झना टोलवासि, ४ परिवारको अवरोधले बनेन् सडक

महेन्द्रनगर । कञ्चनपुरका भीमदत्त नगरपालिका–११ स्थित सम्झना टोलबासी करिब तीन दशक देखि बाटो बिहिन अवस्थामा छन् । उक्त टोलका करिब २५ परिवारले हालसम्म बाटो पाएका छैन् ।


टोलकै केही स्थानीयले विरोध गरेपछि तीन पटक बजेट विनियोजन हुदाँ समेत बाटो बन्न सकेको छैन् । स्थानीय युवा घनश्याम पन्तले लामो समय देखी बाटो नबन्दाँ समस्या भएको बताए । उनका अनुसार टोलका करिब २५ परिवार तीन दशकदेखि सडकबाट वञ्चित छन् ।

महाकाली सिचाँई अन्र्तगत पर्ने ट्रसरीको एक छेउबाट स्थानीयले सडक बनाउन माग गरेका छन् । उक्त सडकका लागि वडा कार्यालयले तीन पटक बजेट विनियोजन गरेपनि वर्षेनी फ्रीज जाने गरेको छ ।


‘टोलमा कोही बिरामी हुदाँ एम्बुलेन्स आउने बाटो समेत छैन्, सडक नहुदाँ निकै समस्या छ ।’ स्थानीय पन्तले भने ‘सवारी साधन अर्काको घरमा राख्नु पर्छ, आफ्नो घर ल्याउन बाटो छैन्’ उनले भने ।

त्यस्तै अर्का स्थानीय दान बहादुर शार्कीले पनि सडक नहुदाँ समस्या परेका बताए । ‘हामीले कसैको निजि जमीनमा मागेका छैनौँ, तीन मिटर बाटोको ट्याक खोलि दिन आग्रह गरेका छौँ’ उनले भने । ‘सामान्य किसिमले आवतजावतका लागि सवारी साधनका लागि बाटो अत्याआवश्यक छ ।’
स्थानीय प्रेमसिंह चौसिरले सडक नहुदाँ सास्ती खेप्नु परेको गुनासो गरे । उनका अनुसार करिब २०४५ साल तिर बसेका उक्त बस्तीमा हालसम्म सडक पुग्न सकेको छैन् । स्थानीय युवा अम्बादक्त जोशी पनि ४ परिवारको विरोधका कारण सडक निर्माण अवरुद्ध भएको बताए ।

साथै स्थानीयले सडक निर्माण नगरे वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् ।


स्थानीय देवी शार्की लगायतका केही परिवारले ट्रसरी छेउमा सडक निर्माण गर्न अवरोध सिर्जना गरेको छन् ।
वडाध्यक्ष प्रेम सिंह जैशीले केही स्थानीयको विरोधका कारण सडक निर्माणमा समस्या भएको बताए । उनका अनुसार उक्त सडक निर्माणका लागी नगरपालिकाले २ पटक बजेट विनियोजन गरिसकेको छ ।

‘यस पटक पनि बजेट विनियोजन गरेका छौ, सिचाँईले पनि अनुमती दिएको छ, वडाध्यक्ष जैशीले भने अमीनले जग्गा चेकजाँच भईरहेको छ, सडकका ट्रयाक खोल्ने काम सुरु गछौँ’ उनले भने ।


केही स्थानीयले ट्रसरी मासिने भन्दैँ सडक निर्माणमा अवरोघ गरेका हुन् । वडा कार्यालयले करिब १० मिटर चौडाई क्षेत्रफल रहेको ट्रसरीमा तीन मिटर बाटो खोल्न लागेको हो ।


त्यस्तै कार्यपालिका सदस्य गिता ओलीले सबैसँग सहमती गरेर बाटो निर्माण कार्य अगाडी बढाईने बताए । उनका अनुसार केही स्थानीयका कारण अन्य टोलबासिलाई समस्या परेको उल्लेख गर्दैँ बाटो निर्माण गरिने उनको भनाई छ ।


फियान नेपालका कार्यक्रम अधिकृत प्रकास नेगीले ट्रसरीको पक्की संरचना बनाएर अर्को छेउ सडक बनाउन बताए । उनले महाकाली सिचाँईको भुजेला ब्लक अन्र्तगत सिचाँई सुविधाका लागि वकालत गदैँ आएको संस्था फियान नेपालका कार्यक्रम अधिकृत नेगीले सडक र पक्की ट्रसरी संरचना सँगसँगै निर्माण गर्दा दिगो हुने सुझाव दिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्