कञ्चनपुरमा लकडाउनमा कडाईः मेडिकल बाहेकका अन्य पसल पुर्ण रुपमा बन्द

महेन्द्रनगर । कञ्चनपुरमा लकडाउनमा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबारबाट लकडाउनमा पुर्ण रुपमा कडाई गरेको छ ।
आईतबार बसेको सुरक्षा समितिको बैठकले लकडाउनमा कडाई गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले सुरक्षा सुमितिले लकडाउनमा कडाई गरिएको बताए ।

उनका अनुसार मेडिकल बाहेकका तरकारी, खाद्यान्न, फलफुल बैक लगायतका व्यापारिक संस्थान पुर्ण रुपमा बन्द गर्ने निणर्य गरिएको छ ।


साथै अत्याआवश्यक औषधी उपचारका लागि सुरक्षा निकायसँग समन्वय गर्नु पर्ने तथा अन्य कामका लागि भने घर बाहिर ननिस्कन अपिल गरेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्