चीनले बनायो मानवरहित हेलिकप्टर: भारतीय सीमा क्षेत्रको निगरानी गर्ने

एजेन्सी । भारत र चीनबीचमा पछिल्ला दिनमा चलिरहेको सीमा विवादमा फेरि अर्को विषय चर्चामा आएको छ, त्यो हो चिनियाँ मानवरहित हेलिकप्टर । यो हेलिकप्टरले भारतीय सीमा क्षेत्रको सुक्ष्म निगरानी गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले बनाएको यो मानवरहित हेलिकप्टरको नाम ब्च्छण्ण्ऋ हो । यो चीनको सरकारी कम्पनी एभियसन इन्डष्ट्री कर्पोरेशन अफ चाइनाले बनाएको हो । कम्पनीले चीनको पूर्वी प्रान्त जियाङसीको पोयाङमा पहिलो पटक उडाइएको छ ।

परीक्षणका क्रममा राम्रो काम गरेको ग्लोबल टाइम्सले जनाएको छ । सीमा क्षेत्रको निगरानी मात्र नभएर युद्धमा पनि प्रयोग गर्न सकिनेछ । यसले दुश्मनलाई तार्गेट गर्ने र परमाणु तथा रासायनिक लिकेटको पनि यसले जानकारी दिनेछ ।

यो हेलिकप्टर अधिकतम ६ हजार ७ सय मिटर अर्थात २१ हजार ९ सय ८१ फिटको उचाइसम्म उडान गर्छ । यसको गति प्रतिघन्टा १ सय ७० किलोमिटर रहेको छ । यो हेलिकप्टरको तौल ५ सय किलो रहेको छ ।

हेलिकप्टर बनाउने वैज्ञानिक फेङ्ग योङ होङले यो पुरै डिजिटल भएको बताएका छन् । यसले आफै उडान गर्ने र आफै ल्याण्डिङ गर्नेछ । यो सीमा क्षेत्रमा निगरानी गर्ने पहिलो मानवरहित हेलिकप्टर हो । उनले यो हेलिकप्टरमा अत्याधुनिक इन्जिन लागेको जानकारी दिएका छन् ।

चिनियाँ रक्षा विशेषज्ञ फु क्विन साओले सीमा क्षेत्रमा यो मानवरहित हेलिकप्टर राम्रोसँग उडान भर्न सकिने जानकारी दिएका छन् । उनले भारतसँगको सीमा क्षेत्रको निगरानी राम्रोसँग गर्ने बताए । अब लद्दाख क्षेत्रमा पनि यो हेलिकप्टरको प्रयोग हुनेछ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्