कञ्चनपुरमा गाई काटेको आरोपमा मासुसहित तीन जना पक्राउ

महेन्द्रनगर १३ जेठ । कञ्चनपुरको पुनर्वासमा गाई काटेको आरोपमा तीन जना पक्राउ गरेक छन । सोमबार बिहान यु.पी.२६ यु. ५४४६ नम्बरको हिरो कम्पनीको प्यासन बाईकमा गाईको मासु धनगढीतर्फ लैजादै गर्दा पुनर्वास नगरपालिका–५, पशुपति चोक नजिकैबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–३, रामबस्ती घर भएकी वर्ष ४५ कि माईली तामाङ, सोही ठाउँकी वर्ष ३१ की प्रेममाया तामाङ र भारतको पिलिभित जिल्ला पुरनपुर घर भएका भारतीय नागरिक वर्ष ३१ का ऐजाज अहमद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रविन्द्रनाथ पौडेलले बताए ।
उनका अनुसार गाई काटिरहेको भन्ने विशेष खबरका आधारमा प्रहरी टोलीले उनीहरुलाई डेढ कट्ठा गाईको मासु सहित रङ्गेहात पक्राउ गरिएको हो ।

बरामद मासु प्रहरी बयानमा गाईको खुलेपनि मासु परीक्षणका लागि धनगढी पठाइएको र पक्राउ परेका तीनै जनालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्