झन्डै ३ दशकपछि सडकसँग जोडिदैँ सम्झना टोलवासी


महेन्द्रनगर १३ जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थीत सम्झना टोलका करिब २५ परिवार सडक सञ्जालसँग जोडिने भएका छन् ।
वडा कार्यालयल लामो समयदेखि सडक बिहिन रहेको उक्त टोल जोड्ने सडक बनाउन लागेपछि उनिहरु सडकसँग जोडिन लागेका हुन् ।


वडाध्यक्ष प्रेम प्रशाद जैशीले उक्त टोलका सडकसँग नजोडिएका परिवारलाई सडक सञ्जालमा जोडिने बताए । त्यसका लागि सबै स्थानीयसँगै सर्वसम्मती र सहकार्य गरिने उनले बताए ।


सडक सर्वसम्मतीमै सडक बनाईने बताए । केही दिन अघि ट्रसरी छेउमै सडक बनाउन लागेको भन्दैँ विवाद सिर्जना भएको थियो । वडाध्यक्ष जैशीले केही स्थानीयले सडक बनाउदाँ ट्रसरी मासिने चिन्ता व्यक्त गरेकाले सिचाँईको असुविधा नहुने गरि सडक बनाईने दावि गरे ।


वडा कार्यालयले सम्झना टोलमा करिब २५ परिवारलाई सडक सञ्जालमा जोड्न दुई वर्ष अघि देखि बजेट विनियोजन गदैँ आएको थियो । तर ट्रसरीमा सडक बनाईन लागेको भन्दैँ विवाद सिर्जना भएको थियो ।


‘ट्रसरीसँग जमिन जोडीएका परिवारले सडक बनाउदाँ कुलो समेत निर्माण गरिनु पर्ने माग राखेका छन्’ वडाध्यक्ष जैशीले भने ‘सडक पनि बनाउँछौँ, सिचाँई सुविधा पनि निरन्तर हुन्छ’ उनले भने ।

सडक र सिचाँई दुवै अत्याआवश्यक भएको भन्दैँ सर्वसम्मतीमै निर्माण कार्य सुरु गरिने उनको भनाई छ । वडा कार्यालयले उक्त सडक निर्माणका लागि २ लाख बजेट विनियोजन गरेको छ ।


स्थानीय देवी सार्कीले सडक निर्माणसँगै ट्रसरी छेउमा कुलो निर्माण गरिनु पर्ने बताए । उनका अनुसार सडक निर्माण गर्दा सिचाँईमा अवरोध हुने भन्दैँ कुलो पनि निर्माण गर्नु पर्ने स्थानीयको माग छ ।


उनले सिचाँईलाई अवरोध नगरि सडम निर्माण गरिनु पर्ने उनको भनाई छ । साथै केही दिन सञ्चार माध्यममा आफ्नो कारणले सडक नबनेको भन्ने आरोप झुटो भएको दावि गर्दैँ सिचाँँई र सडकसँगसँगै व्यवस्थापन गरि निर्माण गर्नु पर्ने बताए ।

स्थानीय युवा घनश्याम पन्तले लामो समय देखी बाटो नबन्दाँ समस्या भएको बताए । उनका अनुसार टोलका करिब २५ परिवार तीन दशकदेखि सडकबाट वञ्चित छन् ।


महाकाली सिचाँई अन्र्तगत पर्ने ट्रसरीको एक छेउबाट स्थानीयले सडक बनाउन माग गरेका छन् । उक्त सडकका लागि वडा कार्यालयले तीन पटक बजेट विनियोजन गरेपनि वर्षेनी फ्रीज जाने गरेको छ ।

स्थानीय प्रेमसिंह चौसिरले सडक नहुदाँ सास्ती खेप्नु परेको गुनासो गरे । उनका अनुसार करिब २०४५ साल तिर बसेका उक्त बस्तीमा हालसम्म सडक पुग्न सकेको छैन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्