‘दलित शब्द खारेज गरियोस्’ – शिव परियार

काठमाडौं- जाजरकोट घटनाको राष्ट्रव्यापी बिरोध भैरहेको छ । नेपालका अधिकांश जस्ता कलाकर्मीले यस घटनाको चर्को बिरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन् । यस्तैमा गायक शिव परिपारले यस विषयमा आफ्नो अभिव्यत्ति दिएका छन् । शिवले दलित शब्द नै खारेजीको माग गरेका छन् ।

शिव परियारले आफ्नो फेसबुकमा लेखेको स्टाटस पढ्नुस् स् जब सम्बोधन शब्द नै निच शब्द छ, तब समानता कसरी सम्भव हुन्छ ?

जातिय उत्पिडनमा परेका बर्गहरुको सम्बोधनमा प्रयोग गरिने “दलित” शब्द खारेज गरियोस । यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छे मान्छे बिचमा बिभेद बढाउन मद्दत गरेको महशुस भएको छ ।

दलित सम्बोधनको साटो समग्र जातिय उत्पीडनमा परेका नेपालीहरुको सम्बन्धमा सम्मानजनक शब्दको ब्यवस्था गरियोस । उत्पिडनमा परेका वर्गहरुको शैक्षिक र सामाजिक अवस्था सुधारोन्मुख परिवर्तनका लागि नेपाल सरकारले उल्लेखनिय भुमिका खेलोस् ।

नेपाल सरकार र सम्पूर्ण उत्पीडित वर्गको समानताको लागि आवाज उठाउने निकाय, संस्था, अभियानकर्ता र व्यक्तिहरुमा म लगायत सबैको सादर अनुरोध।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्