भारतबाट फर्केकै दिन सेती अस्पतालको आईसोलेसनमा भर्ना भएका एक जनाको मृत्यु

महेन्द्रनगर-१४ जेठ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका कैलाली एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरे ।

उनी भारतको महाराष्ट्रबाट फर्किएका थिए । कोरोना आशंकामा उनी जेठ १३ गते मंगलवार बेलुका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।

‘कोरोनासंग मिल्दोजिल्दो लक्षण पछि आइसोलेसनमा भर्ना गरिएको थियो, साँझ भर्ना गर्ने बेला उहाँमा मृगी जस्तो कम्पन आउने, फिज फाल्ने पनि भएको थियो ।

अन्य समस्याले पनि मृत्यु भएको हुनसक्छ ।’ सूचना अधिकारी श्रेष्ठले भने, ‘पीसीआर परीक्षणका लागि नमूना संकलन गरिएको छ, बेलुकासम्म रिपोर्ट आउँछ ।’

उनका अनुसार पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रयोगशालामा पठाइएको छ ।

अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बैतडीका चार र अछामका दुई जना गरी छ जना संक्रमितको उपचार जारी छ । सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

उनीहरुमध्ये बैतडी र डडेल्धुरा एकरएक जनाको जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल तथा कैलालीका चार जनाको टिकापुर अस्पतालमा उपचार भइरहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्