महेन्द्रनगरर १४ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएको छ ।
क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा गएराती ह्दयघातका कारण वडाध्यक्ष रानाको निधन भएको कृष्णपुर नगरपालिकाकी उप–प्रमुख रमिता रानाले जानकारी दिइन ।
भारतबाट आउने मानिसलाई राख्नका लागि वडाध्यक्ष राना मंगलवार रातीसम्म क्वारेन्टिन व्यवस्थापनमा नै सक्रिय थिए ।
राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टिनका तयारी गर्ने क्रममा एक्कासी बेहोस हुन पुगेका ५५ वर्षीय मृत्यु भएको हो ।
‘भारतबाट आउने मान्छेलाई राख्न क्वारेन्टिन तयार गर्दै हुनुहुन्थ्यो, राति ११ बजे उहाँ एक्कासि बेहोस हुनुभयो,’ उपप्रमुख रानाले भनिन्, ‘क्वारेन्टिनमा मान्छे राखिएको छैन।’
अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
उनको कोरोना परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए । ‘पोष्र्टमाटमको तयारी छ, कोरोना परीक्षणका लागि नमूना पनि लिन्छौँ ।’ उनले भने ।