कोरोना जितेर २१ जना अस्पतालबाट डिस्चार्ज

वीरगन्ज । वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार डिस्चार्ज हुने पुरुषमा ३५ वर्षीय प्रकाश सर्राफ, अढाइ वर्षीय रोहित सर्राफ, १० वर्षीय मोहित सर्राफ, १३ वर्षीय सौरभ चौरसिया, ३२ वर्षीय निरब अलि अन्सारी, १६ वर्षीय वसिम अन्सारी, ३५ वर्षीय अविर हुसेन, ३५ वर्षीय युसुफ हुसेन, २७ वर्षीय राहुल गुप्ता, ५५ वर्षीय विकल महतो, ७४ वर्षीय ध्रुव यादव, ५५ वर्षीय राम अयोध्या, २३ वर्षीय र्फाज हुसेन, २५ वर्षीय रियाज अन्सारी, २४ वर्षीय शेख इमरान, ६२ वर्षीय फैजल करिम छन्।

त्यसैगरी, डिस्चार्ज हुने महिलामा २६ वर्षीया मनिषा देवी, २८ वर्षीया जैनव खातुन, ६० वर्षीया सायरा खातुन, २२ वर्षीया कृपा लामा, ४५ वर्षीया जैतनु निशा रहेकी छिन् ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

सबै जना सर्लाहीकै हुन् । पछिल्लो ३ दिनयता पर्साको नारायणी र गण्डक अस्पतालको आइसोलेसन वार्डबाट ९१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्