दलित युवा हत्याकाण्डः वडाध्यक्षसहित १२ जनाविरुद्ध मुद्दा दायर

रुकुम- रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा दोषी रहेको भन्दै वडाध्यक्षसहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।


नगरपालिका (८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित प्रेम विवाह गर्ने तयारी गरेकी सुष्म मल्ल, उनका बुवा वीरबहादुर, आमा प्रकाशी, स्थानीय गोविन्द मल्ललगायत १२ जनाविरुद्ध नवराज विकका आफन्तले ज्यान कसुरसम्बन्धि किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा सूचना अधिकारी, प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिए ।

गत शनिबार साँझ प्रेम विवाह गर्नका लागि केटी लिन जाजरकोटबाट आएका युवा र स्थानीयबीच झडप हुँदा तीन जनाको शव फेला परेको छ । जाजरकोटबाट विवाह गर्न आएका केटा नवराज विक, उनका साथमा आएका गोविन्द बुढा र चौरजहारीका टिकाराम विकको भेरी नदीमा शव फेला परेको थियो ।

स्थानीयले खलेट्दै लिएपछि भेरी नदीमा हाम फालेका अन्य तीनजनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष मल्लसहित केटी, उनका आमा बुवा र अन्य स्थानीयविरुद्ध किटानी जाहरी दर्ता भएपछि सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेकाले दोषी सबैलाई कानुनी सजाय हुने उनले बताए । भेरी नदीमा मृतअवस्थामा फेला परेका तीन जनाको शव आफन्तले अहिलेसम्म पनि बुझ्न मानेका छैनन् । दोषी पत्ता लाग्नुपर्ने र कानुनी कारबाही नभएसम्म शाव नबुझ्ने उनीहरुको अडान रहेको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्