नेपालमा थप ११४ जनामा कोरोना देखियो, संक्रमितको संख्या ८८६ पुग्यो


काठमाडौं- थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अध्यावधिक विवरण अनुसार मंगलबार नेपालमा थप ११४ जनामा कोरोना देखिएको छ । यो संगै संक्रमितको संख्या पुगेको छ ।

बुधबार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड(१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ८८६ पुगेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ११४ जनामा कोरोना देखिएको हो ।

हालसम्म देशभर १ लाख २ सय ८७ आरडीटि बिधिबाट कोरोना परिक्षण गरिएको छ। त्यस्तै देसभर ७० हजार ३ सय ५ जना क्वारेन्टाइन रहेका छन् भने ६ सय ९९ आइसोलेसनमा रहेका छन् । हालसम्म देशभर १ सय ८३ जना डीसचार्ज भएका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्