भीमदत्तका शिक्षकले दुई महिनादेखि तलब पाएनन्


महेन्द्रनगर १४ जेठ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाका अन्र्तगतका शिक्षकले दुई महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । शिक्षक\कर्मचारीले गत चैत्र महिना यताबाट खाईपाई आएको तलब हालसम्म निकासा हुन सकेको छैन् ।


शिक्षक नेता समेत रहेको भीमदत्त नगरपालिका–२ सरस्वती माध्यमिक विद्यालयका शिक्षक प्रमानन्द नाथले चालु चौमासिकमा तलब निकासा नभएको बताए । उनका अनुसार चैत महिनादेखि नगरपालिका अन्र्तगत कार्यरत सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकासका शिक्षीकाहरुले तलब पाएका छैनन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य समेत रहेका नाथले तलबकै भर पर्ने शिक्षकलाई तलब निकासा नहुदाँ समस्या परेको बताए । ‘अधिकांश शिक्षक साथिहरु घर खर्च चलाउन तलब भर पर्नु पर्ने अवस्था छ’ शिक्षक नाथले भने ‘कोरोना भाईरसको महामारीका कारण लकडाउन गरिएको छ, दुई महिनासम्म तलब नपाँउदा झनै समस्या सिर्जना भएको छ ।’


साथै पोषाकको रकम समेत नपाएको उख्लेख गदैँ कम्तीमा पनि एक महिनासम्मको तलब मात्रै विनियोजन गरे शिक्षकलाई राहत हुने उनको भनाई छ । ‘स्थानीय सरकार आएपनि शिक्षकलाई हेर्ने दृष्टीकोणमा परिर्वतन हुन सकेको छैन् ।’ शिक्षक नाथले भने ‘शिक्षकको तलब निकासी हुने बेला जहिले पनि विवाद हुन्छ, यसलाई एक पद्धतीको विकास गरि व्यवस्थापन गर्नु आवश्यक छ ।’


साथै लकडाउनका कारण विद्यार्थीको पठनपाठन प्रभावित बताउँदै अनलाईन कक्षाहरुमा सामुदायिक विद्यालयका सबै विद्यार्थीको पहुँच नपुग्ने भएकाले एफ.एम रेडियोमार्फत कक्षा सञ्चालन गरिनु पर्ने उनको सुझाव छ ।


त्यस्तै जानकी कन्या मावि शिक्षक उद्धव ठगुन्नाले पनि तलब नपाएको गुनासो गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दैँ भनेका छन् ‘जिल्लाका अन्य स्थानीय तहले शिक्षकको नियमित तलब\भत्ता दिने तर स्रोत साधनले समृद्ध भीमदत्त नगरपालिकाले वितरण किन गर्न नसक्ने किन ?’ भन्दैँ उनले जिज्ञासा राखेका छन् ।


भीमदत्त नगरपालिकाले भने बजेट अभावका कारण तलब निकासा हुन नसकेको जनाएको छ । भीमदत्त नगरपालिका शिक्षा शाखाका प्रमुख हरीदत्त जोशीले बजेट अभावका कारण तलब निकासा हुन नसकेको बताए । उनका अनुसार साविकको शिक्षा विभागबाट शिक्षक कर्मचारीको तलब निकासा नभएकाले बजेट अभाव भएको बताए ।


‘शिक्षक कर्मचारीलाई तलब विरतण तथा व्यवस्थापनको जिम्मा स्थानीय सरकारको भएपनि केन्द्रबाट बजेट निकासा नहुदाँ समस्या भएको छ ।’ शिक्षा शाखा प्रमुख जोशीले भने हाल हामीलाई तलब तथा पोषाक भक्ता वितरणका लागि ५ करोड रुपयाँ आवश्यक पर्छ, जुन अहिलेको विषम परिस्थीतीका कारण नगरपालिकालाई अभाव छ ।’

भीमदत्त नगरपालिकामा निजि स्रोत बालविकासका गरि करिब ८ सय शिक्षक कर्मचारी रहेका छन् ।
त्यस्तै तलब निकासाबारे विभागसँग कुरा भईरहेको उनले भनाई छ । साथै नगरपालिकाले एक महिनासम्मको भएपनि तलब विरतणका लागि शिक्षक प्रतिनिधिसँग समन्वय गरि आन्तरिक तयारी थालेको छ ।


त्यस्तै जिल्लाका केही स्थानीय तहले पुर्ण, केहीले आंशिक तलब भत्ता विरण गरेका छन् । वेदकोट नगरपालिकाले चैत महिनाको तलब तथा भत्ता विरतण गरेको छ भने माहाकाली नगरपालिकाले बैशाखसम्मको विरण गरेका छन् । साथै जिल्लाका केही स्थानीय तहले पनि तलब निकासा गर्न सकेका छैनन् ।
शिक्षकहरुले केही स्थानीय तहले वितरण गर्न सक्ने र केहीले नसक्ने भन्दैँ आपत्ति समेत जनाएका छन

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्