चिनियाँ सेनालाई युद्धका लागि तयार रहन राष्ट्रपतिले दिए आदेश

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना सेनालाई युद्धको लागि तयार रहन आदेश दिएका छन् ।

देशको सार्वभौमसत्ता रक्षाका लागि खराब अवस्थाको सामना गर्न तयार रहन उनले आदेश दिए । चिनियाँ सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सीले सेनालाई खराब अवस्थाबारे सोच्ना पनि भनेका छन् ।

पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग तनाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् ।

गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच कैयौँ पटक भनाभन र झडप समेत भएको छ ।

यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ भने भारतीय सेनाले गस्ती बढाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्