कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडा अध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष कल्लु रानाको गयराति मृत्यु भएकोमा उनको आज स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ देखाएको हो। वडा नम्वर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय वडा अध्यक्ष राना एक्कासी बेहोस भएका थिए।
उनको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोष्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ।