भ्रमपूर्ण समाचारको पछि नलाग्न देउवाको आग्रह, ’काँग्रेस संविधान संशोधनकै पक्षमा छ’


काठमाडौं –
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनको सन्दर्भमा भ्रमपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा देउवाले संविधान संशोधनको पक्षमा काँग्रेस रहेको भन्दै अलमलमा नपर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, ’हामी प्रष्ट छौं लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भुभाग हुन्। अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ। यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं, जय नेपाल !’

भारतीय मिडियाहरुले नेपाली काँग्रेसका कारण आज संसदमा संविधान संशोधन विधेयक प्रस्तुत नभएको समाचारहरु प्रसारण गरेका थिए। सरकारले लिम्पियाधुरा सहितको नक्सा संविधानमा रहेको निशान छापमा राख्न संविधान संशोधन गर्न लागेको हो।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्