एक वर्षीय बालकसहित दैलेखमा ८ कोरोना संक्रमित थपिए

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार कोरोना भाइरस पृष्टी भएका थप आठ जना सबै नारायण नगरपालिका दैलेखका हुन् । जसमा नारायण नगरपालिकाका एक बालक, एक महिलासहित ६ जना पुरुष रहेका छन् ।

वडा नम्बर–१ का २६ वर्षीय पुरुष, वडा नम्बर–३ का १९, ३०, ३६, ४० वर्षीय पुरुष, वडा नम्बर–४ का वर्ष एकका बालक र वर्ष २० की महिला र वडा नम्बर–५ का १७ वर्षीय पुरुषमा कोरोना संक्रमण पृष्टी भएको हो ।

यस्तै बुधबार मात्रै सुर्खेतका थप १५ जनामा कोरोना पृष्टी भएको थियो । कोरोना संक्रमित यी सबै व्यक्तिहरु भारतबाट फर्किएका हुन् । बुधबार पृष्टी भएका थप १५ जना संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका–१० जना तीन जना महिला र सात जना पुरुष रहेका छन् ।

भने सुर्खेतकै चौकुने गाउँपालिकाका दुई जना महिला र एकजना पुरुष रहेको प्रदेश अस्पताल कालागाउँका निर्देशक डाक्टर डम्बर खड्काले बताए ।

भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर आएर मृत्यु भएका एक युवकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । सुर्खेतको अवलचिंग घर भएमा ती युवाको मंगलबार राती निधन भएको थियो ।

‘हामीले स्वाब जाँच गर्न प्रयोगशालामा पठाएका थियौं’, डाक्टर खड्काले भने, ‘उनको मृत्यु बाथरोगका कारण भएको पुष्टी भयो । कोरोना संक्रमण भएको देखिएन ।’

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्