लकडाउन उल्लंघन गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता

उदयपुर — उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाट बजारका दुई युवकलाई लकडाउन उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

सवारी पास नलिई अवैध रुपमा सुर्ती ल्याएको आरोपमा स्थानीय ३० वर्षीय सुरेन्द्र गुप्ता र राकेश साहलाई प्रहरीले लकडाउन उल्लघनको मुद्दा दर्ता गरेको हो । उनीहरुलाई दुई दिन पहिले मंगलबार अवैध रुपमा सुर्ती ल्याउँदै गर्दा प्रहरी चौकी लालपताले पक्राउ गरेको थियो ।

स ८ प ९७२६ र बा ४० प ८०५३ नम्बरको मोटरसाइकलमा सप्तरीबाट दुई बोरा सुर्ती ल्याउँदै गरेको अवस्थामा ती दुई युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

उनीहरुविरुद्ध ‘लकडाउन उल्लंघन’ शीर्षकमा जिल्ला पशासन कार्यालयमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक बुढामगरले बताए । पक्राउ गरिएका गुप्ता र साहको षियमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई बुधबार नै मुद्दा हेर्ने अधिकारी (प्रमुख जिल्ला अधिकारी) समक्ष उपस्थित गराई प्रहरीले थुनामा राखेको छ । पक्राउ गरिएका गुप्ता र साहलाई ‘संक्रामक रोग ऐन २०२०’ अन्र्तगत मुद्दा दर्ता गरिएको हो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्