ट्रम्पलाई खण्डन गर्दै चीन-भारत विवादमा यूएनको चासो

संयुक्त राष्ट्रसंघका प्रवक्ताले भोलिपल्टै तनाब बढाउने किसिमका गतिविधि नगर्न आग्रह गरेका छन् । साथै मध्यस्तता कसले गर्ने भनेर छान्ने काम सम्बन्धित देशहरुकै भएको पनि उनको भनाइ छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफेन दुजारिकले भनेका छन्, ‘उनीहरु कसले मध्यस्तता गरोस् भन्ने चाहन्छन् त्यो उनीहरुको निर्णय हो । हामीले परिस्थितिलाई स्पष्ट रुपमा हेरेका छौँ, साथै सम्बन्धित पक्षहरुलाई तनाब उत्पन्न हुने सबै गतिविधिबाट टाढा रहन आग्रह गर्दछौँ ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले भने यसअघि अमेरिका मध्यस्तता गराउन तयार रहेको र त्यसका लागि सक्षम रहेको पनि बताएका थिए । हालैको पत्रकार सम्मेलनको क्रममा राष्ट्रसंघीय प्रवक्ता स्टेफेनले भने ट्रम्पको अभिव्यक्तिलाई खण्डन गर्दै अभिव्यक्ति दिएका हुन् । उनलाई ट्रम्पले मध्यस्तताको चाहना राखेको बारे प्रश्न सोधिएको थियो ।

पछिल्लो समय चीन र भारतका सीमा क्षेत्र लद्दाख र उत्तरी सिक्किम लगायत स्थानमा सेनाहरुबीच झडप भएको छ । भारतले आफ्ना सेनाको सीमा गस्तीमा चिनियाँ सेनाले बाधा पुर्याएको बताएको छ ।

तर केही सेनाहरुबीच भनाभन भएको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ । मार्चदेखि नै दुई देशका सेनाबीच कैयौँ पटक झडप भएको र केही सिपाहीहरु घाइते भएको बताइएको छ ।

चिनियाँ सेना र भारतीय सेनाबीच दोक्लममा यसअघि २०१७ मा दुई महिना भन्दा लामो भीडन्त भएको थियो । अन्तर्रा्ष्ट्रिय मिडियाको दावी अनुसार अहिले पनि दुई देश त्यस्तै भिडन्ततर्फ उन्मुख छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्