भारतबाट फर्केका नेपालीलाई खानिडाँडामा स्थानीयद्धारा खानेपानि विरतण

नरेश गिरी
महेन्द्रनगर १५ जेठ । कैलालीको चुरेगाँउपालिका स्थीत खानिडाँडामा भारतबाट घर फर्किन लागेका नेपालीलाई खानेपानि वितरण गरिएको छ ।
चुरे गाँउपालिका वडा नम्बर ५ सहित स्थानीय सरकारवाला निकायको पहलमा यात्रुलाई पानि वितरणका गरिएको हो ।


खानेपाति वितरण कार्यक्रमका संयोजक नैन सिंह बोहराले नोबेल कोरोना भाईरसको त्रासका कारण घर फर्की रहेको यात्रुलाई खानेपानि विरतण गरिएको बताए ।


उनका अनुसार स्थानीय प्रशासन, व्यवसायि, जनप्रतिनिधि तथा समाजसेविको पहलमा खानेपानि विरण गरिएको हो ।
खानेपानि वितरण कार्यक्रममा वडाध्यक्ष नर बहादुर तामाङ्ग, सह-संयोजक दिपक अधिकारी, कौशिला पाल, सानु आचार्य, दिपक बोहरा लगायत स्थानीयको सहभागीता रहेको थियो । पानि वितरण कार्यक्रम निस्वार्थ सेवाको भावनाले राजमार्ग भएर यात्रा गरिरहेको यात्रुलाई सहयोग गरिएको सह संयोजक अधिकारीको भनाई छ ।

स्थानीयले करिब १ किलो मिटर टाढाबाट पानि बेकेर यात्रुलाई वितरण गरेका हुन् । साथै बिच बाटोमा खानेपानि वितरण गरि सहयोग गरेको यात्रुले स्थानीयलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्