नेपालको पश्चिमी नाकामा गड्डाचौकीमा ७७ फिट अग्लो राष्ट्रिय झण्डा फहराईयो

कञ्चनपुर – नेपाल–भारत जोड्ने देशकै पश्चिमी नाका गड्डाचौकीमा नेपालको राष्ट्रिय झण्डा फहराएको छ । बिहीबार साँझ ४ बजेदेखि सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमा राष्ट्रिय झण्डा फहराएको हो ।

भारतको राजधानी दिल्लीसंगको नजिक ३ सय ७९ किलोमिटर दुरीमा रहेको नेपाल प्रवेसद्वारा गड्डाचौकीमा राष्ट्रिय झण्डा स्थापना गरिएको छ । जब भीमदत्त नगरपालिकाले ७७ फिट अग्लो स्तुभमा राष्ट्रिय झण्डा राखिएको छ । यस कार्यलाई देशकै ७सय ५३ स्थानीय तह र भारतसंग सीमा जोडिएका मुख्य प्रवेसद्वार मध्ये ऐतिहासिक कार्य भएको छ ।

यस अघि भारतमा अंग्रेज शासनकै समयमा सन १९२८ तिरमहाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजमा नेपाल–भारतको राष्ट्रिय झण्डा थियो ।
भारतले पुल निर्माण भएको केही बर्षपछि नेपालको झण्डा हटाएको थियो । शारदा ब्यारेजमा राखिएको झण्डा पछि पश्चिम नेपालको प्रवेसद्वारमा पहिलो पटक राष्ट्रिय झण्डा स्थापना गरिएको छ ।

झण्डा उत्तोलन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले विदेशबाट स्वदेश फर्किने नेपालीलाई नेपाल पुगेको खुसी महसुस हुने बताए । ‘विदेशबाट फर्किदा आफ्नो राष्ट्रियताको आभाव हुन्छ, ‘प्रजिअ अधिकारीले भने, ‘हरेक नेपालीले झण्डा अवलोकन गर्दै खुसी व्यक्त गर्नेछन् ।’

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले देशका ७७ जिल्लालाई सम्बोधन गर्ने हिसाबले पश्चिम नेपालको गड्डाचौकीमा नेपालको झण्डा स्थापना गरेको बताए । मेयर विष्टले झण्डा राखिएको क्षेत्रमा पार्क निर्माण गरिने छ ।

‘बिरताको विषय प्रतिक गर्छ, ‘मेयर विष्टले भने, ‘जन्मभूमिको यादले नेपालीलाई थप राष्ट्रियताको भावना जागृत हुने छ ।’ बीर गोरखालीको अर्जेको मुलुक भएकाले मातृभूमि रक्षार्थका लागि समेत झण्डा राखिएको बताए ।

भारतबाट नेपाल प्रवेस र नेपालबाट भारत प्रवेस गर्दा हरेक नेपालीलाई झण्डाले नेपाल आमाप्रतिको अद्याग प्रेरणा जागृत गराउनेछ । ‘झण्डा देख्न वितिक्दै नेपाल प्रवेस गरेको महसुस हुनेछ, ‘मेयर विष्टले भने, ‘यो नेपालको प्रतिक र शान पनि हो ।’

झण्डाको सुरक्षा सशस्त्र प्रहरीले बलले गर्ने छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गणले सुरक्षा एव रेखदेख गर्ने छ । शसस्त्र प्रहरी उपरीक्षक बीरसिह शाहुले नेपालको राष्ट्रिय झण्डाको संरक्षण एव सम्र्बद्धन गर्ने बताए । झण्डात्तोलन कार्यक्रममा सशस्त्र प्रहरी बलले नै त्यहाँ बैण्ड मार्फत राष्ट्रिय धुन बजाएका थिए ।

नेपाल–भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमा क्षेत्रमा ८०५÷१(७) सीमा पिलर पश्चिम तर्फ भारतले केही बर्ष अघि गेट निर्माण गरेको थियो ।

नेपालले पनि अहिले झण्डा स्थापना गरेसंगै दुवै देशको पहिचान झल्किएको छ । बाल्यकालमा शारदा ब्यारेज(पुल)को विचमा नेपालको समेत झण्डा देखेका सीमा क्षेत्रका स्थानीयले खुसी व्यक्त गरेका छन् ।

स्थानीय बिमला बोहरा अहिले ४७ बर्षकी भईन् । उनले बाल्यकालमा बनबासा पुलमा नेपालको झण्डा देखेको बताउँछिन् ।‘मैले आफ्नै आँखाले पुलमा दुवै देशको झण्डा देखेको थियो, ‘उनले भनिन, ‘भारतले कतिबेला हटाएको रहेछ थाहै भएन, अहिले पश्चिम प्रवेसद्वारमा नेपाली झण्डा फहरायो ।’ उनले गड्डाचौकीमा नेपालको झण्डा फहराएको देखेर खुसी व्यक्त गर्दै बाल्यकालमा शारदा ब्यारेजमा देखेको झण्डाको समेत स्मरण गरिन् ।

अर्की स्थानीय चन्द्र रानाले बुढापाखाले कुराकानी गर्दा नेपालको झण्डा ५० बर्ष अघि शारदा पुलको विचमा रहेको बताईन् । ‘पहिले नेपालको झण्डा पनि रहेछ, ‘उनले भने, ‘त्यो हटाएको बषौँ पछि नेपालले आफ्नो झण्डा पनि राख्दा खुसी भएको छु ।’

भीमदत्त नगरका प्रमुख पुष्कर राज भट्ट सहितले पुजन गरेका थिए । भीमदत्त नगरका उप प्रमुख शुशिला चन्द सिहले स्वागत मन्तव्य राखेको झण्डात्तोलन कार्यक्रममा प्रशासनिय सुरक्षा निकायका प्रमुख एव अन्य कर्मचारी, जनप्रतिनिधी लगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्