पाकिस्तानले जासूसी गर्न पठाएको तालिमप्राप्त परेवा भारतको नियन्त्रणमा !

नयाँदिल्ली- पाकिस्तानले जासूसी गर्न पठाएको हुनसक्ने भन्दै विवादित सीमा क्षेत्रबाट भारतले एउटा तालिमप्राप्त परेवालाई समातेर नियन्त्रणमा लिएको छ ।

हालै सार्वजनिक एक रिपोर्टका अनुसार उक्त परेवाको खुट्टामा औँठी जडान थियो । गत आइतबार मनयारी क्षेत्रमा समातिएको उक्त परेवा गुलाबी रंगले पोतिएको पनि छ । मनयारी भारत प्रशासित कश्मीर र पाकिस्तान प्रशासित कश्मीरलाई अलग बनाउने एक अन्तर्रा्ष्ट्रिय सीमा क्षेत्र हो ।

टाइम्स अफ इन्डियाका अनुसार उक्त परेवा कहाँबाट आएको त्यसबारे भने प्रष्ट छैन । यद्यपि पाकिस्तानको भूमिबाट सीमा पार गर्दै उडेर आएको बताइएको छ । ‘यो परेवा पाकिस्तानले तालिम दिएर जासूसी गर्न पठाएको शंका छ । जसको खुट्टामा औँठी पनि जडान छ,’ प्रहरी स्रोतले बताएको छ ।

जब कि, चराको सीमा हुँदैन भनिन्छ । धेरै चरा सीमा पार गरी उडेर आउँछन् । तर यस परेवाको खुट्टामा जडान गरिएको आँठीले शंका उब्जाएको छ । आप्रबासी चरारुमा यस्तो हुँदैन,’ स्थानीय प्रहरी निरक्षिक शैलेन्द्र मिश्रले बताए ।

मिश्रका अनुसार उक्त चरा पाकिस्तानले जासूसीका लागि पठाएको हो वा अन्य भन्नेबारे अनुसन्धान भइरहेको छ । भारतीय अधिकारीहरुका अनुसार यसअघि उक्त सीमाक्षेत्रबाट सूचना संकलन गराउने काम भएको थियो । २०१५ मा भारतीय अधिकारीहरुले उर्दुमा लेखिएको कागजी सन्देश बोकेको एउटा चरा समातेका थिए ।

स्काइ न्युजका अनुसार २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की सहितको सन्देश पठाएका चरा समातिएका थिए । टाइम्स अफ इन्डियाका अनुसार कहिलेकाहीँ बेलुनमा सन्देश लेखिएका चराहरु सीमापार पठाउने चलन यसअघि पनि थियो ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्