सु्रक्षामन्त्रीको विवादित भाषणः कोरोना पत्नी जस्तै हो, जति गरेपनि नियन्त्रण गर्न सकिँदैन !

जकार्ता- इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो । इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको अभनाइप्रति आपत्ति जनाएका छन् ।
मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए ।

यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । इन्डोनेसियन सरकारले सामाजिक दूरी कायम राख्न ३ लाख ४० हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । जहाँ कोरोनाभाइरसका संक्रमितको संख्या २४ हजार पुगेको छ । १ हजार ४ सय ९६ जनाको मृत्यु भइसकेको छ । -अन्नपुर्ण पोष्टबाट

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्