सरकारलाई २१ जेठदेखि विद्यार्थी भर्ना गर्न दिन माग

१६ जेठ, काठमाडौं । निजी विद्यालय सञ्चालक लगायतका सरोकारवालाहरूले २१ जेठबाट विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले विज्ञप्तीमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् ।

भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् ।

निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन), अभिभावक संघ नेपाल, संस्थागत अभिभावक संघ, संस्थागत विद्यालय शिक्षक युनियन, नेपाल राष्ट्रिय अभिभावक संघ र राष्ट्रिय अभिभावक महासंघले संयुक्त रुपमा यस्तो माग राखेका हुन् ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्