हातमा डोरीेले बाँधेर रुकुम घटनाको विरोध

दैलेख — रुकुममा जेठ १० गते भएको घटनाको विरोधमा दैलेखमा हातमा डोरीले बाँधेर जुलुस प्रदर्शन गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालको समन्वयमा दलित अगुवाहरुले रुकुमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज बिक लगायतका ५ जनाको हत्या गरिएको र १ जनालाई बेपत्ता बनाइएको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

‘जातीय विभेद अन्त्य गर’, ‘नवराज बिक र उनका साथीहरु मारिए पनि न्याय नमरोस्’ भन्ने बाक्यांश लेखिएका नारासहित विरोध प्रदशन गरिएको राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय सचिव अमर सुनारले बताए ।

एउटै डोरी हातमा बाँधेर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको उनले बताए । राष्ट्रिय दलित मुक्ति संगठनका केन्द्रीय सदस्य गोपाल नेपालीले ज्ञापनपत्र हस्तान्तरण गर्दै मृतकहरुलाई सहिद घोषणा गरिनुपर्ने माग गरेका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्