कांग्रेसले संंविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने

कांग्रेस बैठक – संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव

काठमाडौँ, १७ जेठ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने प्रस्ताव प्रस्तुत भएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ भन्ने प्रस्ताव पेस भएको हो ।

प्रस्तावमाथि छलफल भई शनिबार नै निर्णय हुने कांग्रेसले जनाएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले नेपालको नयाँ नक्सासँग सम्बन्धित विषयमा सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नुपर्ने बताएका थिए ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्