क्वारेन्टिनमा बसेका ५६ वर्षीय पुरुषले गरे आत्माहत्या

१७ जेठ, गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पासो लगाएर आत्माहत्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । खाना नआएपछि खोज्ने क्रममा रुखमा झुण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।

शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याउने क्रममा रहेको एसपी खड्काले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्