कञ्चनपुरमा ३ वर्षीय बालिकासहित थप ३ जनामा आरडिटी पोजेटिप, आईसोलेशनमा राखियो

कन्चनपुर, १६ जेठ– कञ्चनपुरको मध्य क्षेत्रमा रहेको शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ का दुई जना र महाकाली नगरपालिका वडा नम्बर १ कि तिन बर्षिय बालिकामा आरडिटी पोजेटिभ देखिएको छ।

उनीहरु तिनै जनालाई थप उपचारका लागि महाकाली अस्पतालमा ल्याईएको छ । उनिहरु सबै भारतबाट आएको हुन् भने प्रहरीले खोजि गरि आडिटी परिक्षण गरेको हो ।

तीनै जनाको स्वाब नमुना संकलन गरेर पिसिआर बिधीबाट कोरोना परीक्षणका लागि धनगढी पठाईएको महाकाली अस्पतालले जनाएको छ ।

२८, ३१ र ३ बर्षिय बालिका तीनै जना युवक अहिले महाकाली अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार भईरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर)ले बताए ।

उनिहरुको पिसिआर परिक्षणका लागि लागि स्वाब संकलन गरि आजै धनगढी पठाउने तयारी भईरहेको अध्यक्ष जोशीको भनाई छ ।

अध्यक्ष जोशीले भारतबाट धेरै नेपाली घर फर्किएकाले उनीहरुको पिसिआर नै परीक्षणमा जोडदिए गरेका छन् ।

महाकाली अस्पतालमा आरडिटी पोजेटीबको संख्या ६ पुगेको छ । त्यस्तै तिन बर्षिय बालिकासगँ रहेका बुबा, आमा र दाई लाई पनि अस्पतालको आईसोलेसनमा राखिएको छ ।

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्