थप १४ जनामा कोरोना संक्रमण

महेन्द्रनगर १७ जेठ ।
दैलेख दैलेखमा कोरोना थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको स्वाब परीक्षणमा शुक्रबार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको हो।

कोरोना पुष्टि भएका सबै नारायण नगरपालिकाका हुन्। संक्रमित हुनेमा वडा नम्बर २ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर ४ का तीन, वडा नम्बर ६ का एक, वडा नम्बर ८ का दुई, वडा नम्बर ९ का दुई, वडा नम्बर १० का दुई र वडा नम्बर ११ का दुईजना रहेका छन्

१८ देखि ५० वर्षसम्मका उनीहरु सबै पुरुष हुन्। प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परिक्षणमा यसअघि दैलेखका १६ जनामा कोरोना संक्रमिमण पुष्टि भैसकेको थियो।

यससँगै संक्रमितको संख्या ३० पुगेको छ।


 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्