विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण मुलुकको नवौँ स्थानमा भारत(तथ्याङ्कसहित)

भारत – भारत सबभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुने मुलुकको नवौँ स्थानमा पुगेको छ। टर्कीलाई उछिन्दै भारत नवौँ स्थानमा पुगेको हो।

जोन्स हप्किन्स विश्व विद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा १ लाख ७३ हजार ४९१ संक्रमित भेटिएका छन्। यो संख्या टर्कीभन्दा ११ हजार ३७१ ले बढी हो। संक्रमितमध्ये भारतमा ८२ हजार ६२७ निको भइसकेका छन् भने ४ हजार ९८० ले ज्यान गुमाएका छन्।

टर्कीमा ४ हजार ४८९ ले ज्यान गुमाएका छन्। त्यस्तै १ लाख २५ हजार ९६३ निको भएका छन्।

यसैगरी महामारीबाट सबभन्दा बढी आक्रान्त भएको मुलुक अमेरिकामा १७ लाख ४५ हजार ६०६ संक्रमित भइसकेका छन्। जसमध्ये ४ लाख ६ हजार ४४६ निको भएका छन्। त्यस्तै १ लाख २ हजार ७९८ को मृत्यु भएको छ।

अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा ४ लाख ६५ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १ लाख ८९ हजार ४७६ निको भएका छन् भने २७ हजार ८७८ ले ज्यान गुमाएका छन्।

ब्राजिलपछि रुसमा ३ लाख ८७ हजार ६२३ संक्रमित भेटिएका छन्। जसमध्ये ४ हजार ३७४ को मृत्यु भइसकेको छ भने १ लाख ५९ हजार २५७ निको भएका छन्।

यसैगरी बेलायतमा २ लाख ७२ हजार ६०७ संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३८ हजार २४३ को मृत्यु भएको छ भने १ हजार १७२ निको भएका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ५९ लाख १९ हजार ३६४ संक्रमित भइसकेका छन्। जसमध्ये २४ लाख ९० हजार २२१ निको भएका छन् भने ३ लाख ६४ हजार ४५९ को ज्यान गएको छ।

सबभन्दा बढी संक्रमित हुने दस देशको आँकडा

अमेरिका
संक्रमित-१७,४५,६०६
मृत्यु-१,०२,७९८
निको-४,०६,४४६

ब्राजिल
संक्रमित-४,६५,१६६
मृत्यु-२७,८७८
निको-१,८९,४७६

रुस
संक्रमित-३,८७,६२३
मृत्यु-४,३७४
निको-१,५९,२५७

बेलायत
संक्रमित-२,७२,६०७
मृत्यु ३८,२४३
निको-१,१७२

स्पेन
संक्रमित-२,३८,५६४
मृत्यु-७,१२१
निको१,५०,३७६

इटाली
संक्रमित- २,३२,२४८
मृत्यु- ३३,२२९
निको- १,५२,८४४

फ्रान्स
संक्रमित- १,८६,९२३
मृत्यु- २८,७१७

निको- ६७,९२१

जर्मनी
संक्रमित- १,८२,९२२
मृत्यु- ८,५०४
निको- १,६४,२४५

भारत
संक्रमित-१,७३,४९१
मृत्यु- ४,९८०
निको- ८२,६२७

टर्की
संक्रमित-१,६२,१२०
मृत्यु- ४,४८९
निको-१,२५,९६३

(स्रोतस् जोन्स हप्किन्स विश्वविद्यालय)

 

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेजमा जोडिनुस्